काठमाडौं । गएको बिहीबार नेपाल वायु सेवा निगमको विमान चार्टड गरी ग्वान्जाओबाट २० हजार थान इन्फारेड थर्मल गन र एन ९५ मास्क नेपाल भित्र्याएर कालो बजारी गर्ने उद्योग परिसंघ (सीएनआइ) उपाध्यक्ष सुलभ अग्रवाल पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाको विशेष टोलीले ग्राहकको भेषमा थर्मल गन र मास्क किन्न बहाना बनाई पक्राउ गरेको हो । नेपालमा करिब ४ हजार रुपिया सम्म पर्ने सो गन राजधानीको विभिन्न स्थानमा कालोबजारी गर्न लुकाएर राखेको अवस्थामा पक्राउ गरेको महाशाखाले जनाएको छ ।
प्रहरीले अग्रवालसंग एउटा गनको १५ हजार मुल्य तय परेपछि पक्राउ गरेको हो । प्रहरीले उनको सो रुमबाट ६७ थान गन सहित पक्राउ गरेको हो ।
अग्रवाल संकर ग्रुपका प्रवन्ध निर्देशक तथा जगदम्वा सिमेन्ट र स्टिलका मालिक हुन ।