काठमाडौं । कपिलवस्तुको गुगौलीको पुरै गाउँमा भीषण आगलागी भएको छ ।

विजयनगर गाउँपालिका १ गुगौली गाउँमा आगलागी भएको हो । आगलागीले त्यहाँका बाक्लै रहेका फुसले छाएका करिब ४० घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

अहिलेसम्म मानवीय क्षतिको विवरण नआए पनि ४० भन्दा बढी घरहरु जलेको त्यहाँको प्रहरीले अनुमान गरेको छ ।