काठमाडौं । स्वास्थ्य मन्त्रालयले विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्ध गरेको जानकारी दिएको छ ।

स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको महानिर्देशक महेन्द्र श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । कोरोना भाइरको संक्रमण देखिएसँगै विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन यो समूहसँग सम्झौता गरेको थियो ।

त्यस सम्झौताअनुसार सरकारले नेपाल एयरलाइन्सको विमान पठाएर आइतबार व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायत धेरै स्वास्थ्य सामग्री नेपाल आएको थियो ।

तर विना प्रतिस्पर्धा निकै महंगो मूल्यमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै सरकारको आलोचना भएपछि संझोता रद्ध गरेको उहांले जानकारी दिनुभयो ।

विभागका महानिर्देशक श्रेष्ठले पनि मन्त्रालय बनाएको कोटेसनभन्दा २० प्रतिशत बढी मूल्य तिरिएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । साथै ओम्नी समूहले सम्झौता अनुसार स्वास्थ्य उपकरण ल्याउन नसकेकाले सम्झौता रद्द गर्ने निर्णय भएको पनि जानकारी दिनुभयो ।