काठमाडौ । स्वास्थ्य मन्त्रालयले देशभरका स्थानीय निकायलाई बिदेशबाट आउने सबै नेपालीको पहिचान गरी अनिबार्य क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ ।
सरकारले मुलुकभर लक डाउन गरेपछि स्थिती सरकारी नियन्त्रणमा रहेकाले बिदेशबाट अउने नेपालीको लागत लिएर उनीहरुलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो ।
नीजि अस्पतालले सरकारलाई असयोग गरेपछि सरकारले क्वारेन्टाइन र आइसोलेसन वाड बनाउने कामलाई तीव्रता दिएको छ ।