काठमाडौ । कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपाल सरकारले मुलुकलाई लकडाउन गरेपछि नेपाल घुम्न आएका बिदेशी पर्यटकलाई स्वदेश फर्काउन पहल शुरु भएको छ ।
बिशेष गरी युरोपेली मुलुकबाट नेपाल आएका पर्यटकलाई स्वदेश फर्कन नेपाल सरकारले अनुमति दिएपछि कतार एयरवेज ती देशका नागरिकलाई लिएर दोहा तर्फ उडेको छ ।
नेपालस्थित जर्मनी र फ्रान्सेली दुतावासले नेपालमा अलपत्र परेका आफ्ना नागरिक र अन्य युरोपेली मुलुकका नागरिकसमेत गरी ३सय ५ जना त्यसतर्फ प्रस्थान गरेका छन ।