वीरगन्ज । लकडाउनका कारण वीरगञ्ज सुक्खा बन्दरगाहमा सयौं कन्टेनर थुप्रिन थालेका छन् । ढुवानीका साधन र मजदूर आपूर्ति ठप्प हुँदाभा रतको कोलकाता र विशाखापत्तनम् बन्दरगाहबाट रेलमार्फत वीरगञ्ज आइपुगेका कन्टेनर व्यवसायीले बन्दरगाहबाट निकाल्न पाएका छैनन् ।

सरकारले अत्यावश्यकीय वस्तुको ढुवानी र ओसारपसार बन्द नहुने बताएको छ । बिहीवारसम्म बन्दरगाहमा २ हजार ५ सय कन्टेनर थन्किएका छन् ।

तीमध्ये आयातित सामानका १ हजार ५ सय र १ हजार खाली कन्टेनर रहेका छन् ।
अहिले कोलकाता र विशाखापत्तनम्बाट हिँडेका २७ ओटा कन्टेनर बोकेका र्‍याक बाटोमै रहेको बन्दरगाहले बताएको छ । यी ¥याक १ हप्ताभित्रै वीरगञ्ज बन्दरगाहमा आइपुग्छन् । यसबाट २ हजार ४ सय ३० कन्टेनर थपिन्छन् ।

बाटोमा रहेका ३५ ओटा र्‍याक वीरगञ्ज आइपुग्दा सामान ओराल्न ठाउँ नपुग्ने टर्मिनलले बताएको छ । ‘बाटोमै रेल उभ्याउँदा आयातकर्ताले जरीवाना तिर्नुपर्छ । बन्दरगाहमा अनलोड भएका कन्टेनर उठाउन नसकेपछि बन्दरगाहलाई जरीवाना बुझाउनुपर्छ ।

प्रहरीले आयातकर्ताका प्रतिनिधिलाई समेत आवागमनमा रोक लगाएको छ । पास बोकेका मजदूरलाई समेत प्रहरीले कुटपिट गरेको व्यवसायीहरूले बताएका छन् ।
वीरगञ्ज भन्सार कार्यालयले यो नाकाबाट पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न, तरकारी, चामल र अन्य व्यापारिक प्रयोजनका सामग्री भित्रिएको बताएको छ ।३ दिनमा ८४ बुलेट ग्यास आयात भएको जानकारी दिए । केही परिमाणमा औद्योगिक कच्चा पदार्थ पनि भन्सारले जनाएको छ ।