काठमाडौ । कोरेना भाइरस नियन्त्रणकालागि सरकारले मुलुकलाई लक डाउनलाई उल्लघन गर्नेलाई सुरक्षा निकायले कडाइ गरेर पक्राउ गर्ने क्रमलाई तीव्रता दिएको छ ।
सुरक्षा निकायले लकडाउन उल्लघंन गर्ने बिरुद्ध मुद्धा चलाउने तयारी समेत गरेको छ । सरकारी निर्देशनलाई अवज्ञा गर्नेलाई १ महिना देखि ६ महिना सम्म कैद गर्ने गरी कारवाही अगाडि बढाएको छ ।
जनताको सुरक्षाकालागि सरकारले लक डाउन गरेको भएपनि केही अज्ञानी जनताले त्यसको बेवास्ता गर्दै जथाभावी हिड्ने बिरुद्ध कडाइ गरेको हो ।
सडकमा सेना
नेपाल प्रहरी र सशस्त्र प्रहरीले लकडाउनको सुरक्षा गर्दै आएको भएपनि सुरक्षाकर्मीको अभावका कारण गस्तीमा समस्या आएपछि सरकारले सेनालाई समेत सडकमा उतारेको छ ।
सेनाले मुख्य सडकको सुरक्षागर्न थालेको छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरीले भित्री गल्लीको सुरक्षा गर्न थालेको हो ।
एकजना कुनै ब्यक्तिको लहडका कारण ठुलो दुर्घटना निम्तने भएकाले सरकारले कठोर भएर प्रस्तुत हुन सुरक्षा निकायलाई निर्देशन दिएको छ ।