काठमाडौं । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेडोस अधानाम गेब्रेयिसले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि लक डाउन उत्तम बिकल्प भएको बताउनु भएको छ । बिभिन्न देशले जारी गरेको लकडाउन कोरोना भाइरस नियन्त्रणको दोस्रो बिकल्प भएको पनि उहांले बनाउनु भएको छ । ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोसले बुधबार नियमित जानकारी दिने क्रममा अहिले गरिएको लकडाउनले एउटा अवसरको ढोका खुलेको बताउनुभयो । यसको सदुपयोग गरी कोभिड–१९लाई नियन्त्रण गर्न बिश्वका नागरिकलाई आग्रह गर्नु भएको छ ।