काठमाडौ । बिश्वमा महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमणलाई रोक्न सरकारले मुलुकलाई नै लकडाउन गरेको भएपनि राजधानीका भित्रि गल्लीहरुमा भने आवत जावत बाक्लो देखिएको छ ।
मुल सडकमा सुरक्षा निकायले गस्ती गरेको भएपनि गल्ली गल्लीमा भने युवा युवतीको सेल्फी लिने र हो हल्ला गर्नेको उल्लेख्य संख्यामा देखिन्छन ।
महानगरीय आयुक्तको कार्यालयमा प्रमुख प्रहरी नायव महानिरीक्षक बिश्वराज पोखरेलले भने त्यस्ता अवान्छित गतिबिधिमा संलग्न रहेकाहरुलाई अव सुरक्षा निकायले कठोर भएर कारवाही गर्ने बताउनु भएको छ ।
अराज समुहले आफुलाई केही नहुने भन्दै सडक सडकमा हिडीरहेको दृष्य देखिन्थ्यो ।
अहिले स साना केटा केटी पनि सडकमा यता उता हिडीरहेको देन्खिथ्यो । उनका अभिभावकहरु बिना सडकमा हिडीरहदा पनि उनका अभिभावकहरु भने घरमा टिभी हेरेर बसिरहेको बताएका थिए ।
संक्रमणबाट बच्नकोलागि सरकारले लक डाउन गरेको भएपनि उनीहरु भने सरकारी उर्दी अवज्ञा गर्न सडकमा निस्किएको दावी गरिहेका थिए ।