काठमाडौ । सरकारले मुलुकलाई लक डाउन गरेको दोस्रोदिन सरकारी आदेशको अवज्ञा गर्नेलाई ६ महिना जेल हाल्ने चेतावनी सरकारले दिएको छ ।
सरकारले घोषणा गरेको लकडाउन उल्लघंन गर्नेको संख्या बढ्न थालेपछि सरकार कठोर बन्दै अगाडि बढेको छ । आज मात्रै सरकारले ४ सय सवारी साधनलाई नियन्त्रणमा लिएर उनीहरुलाई चेतावनी दिएर चालकलाई पैदल पठाइदिएको छ ।

सोमबार राजधानी लगायत देशभर लकडाउनलाई जनताले स्वीकार गरेको भएपनि आज मंगलबार भने अवज्ञा गर्नेको संख्या बढेपछि सुरक्षा निकायले कडाई शुरु गरेको छ ।