काठमाडौ । सरकारले मुलुकलाई लक डाउन गरेको दोस्रोदिन सरकारी आदेशको अवज्ञा गर्ने झण्डै ४ सय सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार राजधानी लगायत देशभर लकडाउनलाई जनताले स्वीकार गरेको भएपनि आज मंगलबार भने अवज्ञा गर्नेको संख्या बढेपछि सुरक्षा निकायले कडाई शुरु गरेको छ ।