काठमाडौ । जापानको टोकियोमा २०२०मा आयोजना हुने ओलम्पिक खेलकुद एक बर्ष पछि धकेलिएको छ ।
जुलाई २४ बाट जापानको टोकियोमा आयोजना हुने भनिएको उक्त खेल बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको कारण रोकिएको ओलम्पिक कमिटीले जनाएको छ ।
अव सन २०२१ मा हुने खेलको तालिका पछि सार्वजनिक हुने भएको छ ।