काठमाडौ । कोरोना भाइसरसंग जुद्धकालागि सरकारले मुलुकलाई लकडाउन जस्तै गरेपछि राजधानीको अवस्था कहालिलाग्दो भएको छ ।
राजधानीका सडक लगभग बन्दको अवस्थामा पुगेको छभने राजधानीमा संचालित सबै ब्यवसाय बन्द भएका छन । मानिसहरु घरबाट बाहिर निस्कन डराइरहेका छन ।
नेपालमा उक्त भाइरसको संक्रमण नदेखिएपनि अभियान्ताहरुले भने सरकारले उक्त केस लुकाएको र नेपालमा भाइरस प्रवेश गरेको भन्दै सरकारको आलोचना गर्न थालेपछि जनतामा झन त्रास फैलिएको छ ।
सरकारले मुलुकलाई सेमी लकडाउन गरेको भन्दै बिरोध गर्ने समूहले चीनको दवावमा नेपालले सेमी लक डाउन गरेको भन्दै त्यसको तीव्र बिरोध गरेका छन ।
आफु हिरो बन्ने प्रबृत्ती मौलाउदो क्रममा छ भने त्यसमा हो मा हो भन्ने समूहको कमी देखिदैन । सबै ब्यवसाय मृत अवस्थामा पुगेका छन भने सबै भन्दा बढी चिन्तित चिकित्सकहरु देखिएका छन । भाइरसको प्रवेश भएमा उपचारमा संलग्न हुन जानु पर्ने र आफुपनि कति खेर मृत्युको मुखमा पुग्ने हो अत्तोपत्तो छैन ।
सरकारी तथा नीजि क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरु उक्त भाइरससंग जुद्धनकालागि तयारी प्रयाप्त नभएको बताउदै आएका छन । उनीहरुले सरकारी तयारी अपुग भएको बताउदै आएका छन ।
सरकारले अत्यावश्कीय सेवा बाहेक अन्य सेवा बन्द गर्न निर्देशन दिएपछि हरेक मानिस घरमा नै बसेर काम गरीरहेका छन । सरकारले सबै सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न निर्देशन दिएपछि सुरक्षाकर्मीलाई दिएको बिदा पनि कटौती गरिएको छ ।
संघ, प्रदेश र स्थानीय सरकारले अस्थायी अस्पताल बनाउने कामलाई तीव्रता दिएका छन । आसोलिएसन वार्ड र क्वारेन्टाइन बनाउन काम तीव्र रुपमा भइरहेको छ । देशभरका सबै अस्पताललाई हाइअलटमा बस्न सरकारले निर्देशन दिएको छ ।