काठमाडौ । बिश्वभर महामारीको रुपमा फैलदै गएको कोरना भाइरसकोे प्रभाव नेपालमा देखिएको छ । सरकारले पछिल्लो पटक जोखिम बढेको आशंका गरेर हिडडुलमा समेत कडाई गरे पछि नेपालको जनजीवन प्रभावित भएको छ ।
सबै जसो ठाउं खाली हुदै गएको छ । भिडभाड हुने क्षेत्र सुनसान हुदै गएका छन । सपिङ मलहरु समेत बन्द हुन थालेका छन भने राजधानीमा बसोबास गर्ने मुलुकभरमा नेपाली आफ्नो जन्मस्थल फर्कन थालेका छन । हवाई जहाज र बसहरु अहिले भरिभराउ हुदै राजधानी बाहिर जान थालेका छन ।
काला बजारीयाहरु सक्रिय हुन थालेका छन । सामान अभाव गराएर हाहाकार गराउने समुहको पहिचान गरेर प्रशासनले कारवाही तीव्र बनाएको छ । बिभिन्न क्षेत्रबाट सरकारले गरेको कामकारवाहीको आलोचना हुने क्रम रोकिएको छैन । तर सरकारले आफ्नो कामलाई तीव्रता दिएको छ ।
अहिले राजधानीका सडकमा हिड्नेहरु एक अर्कासंग ठोक्किएला भन्दै त्रसित हुदै हिड्ने गरेका छन । हरेक क्षेत्रमा कोरोनाको त्रासका कारण मानिस घबाट निस्कन डराईरहेका छन । जनतालाई आश्वस्त पार्नुपर्ने चिकित्सकहरु अहिले गोयवल्स शैलीमा कोरोना नेपाल भित्रि सकेको सरकारले लुकाएको भन्दै सार्वजनिक अभिब्यक्ति दिएपछि जनता झन आतंकित भएका छन । अहिले सम्म नेपालमा कोरोना संक्रमित नदेखिएपनि भिडभाड हुने क्षेत्र अर्को सूचना प्रकाशित नभए सम्मकालागि स्थगित भएका छन । मुलुकभरका सबै अदालत बन्द भएका छन भने हवाई उडान पनि बन्द गर्ने तयारी गरिएको छ । सार्वजनिक यातायात पनि लगभग बन्द हुने अवस्थामा पुगेको छ ।
अस्पताल प्रशासनले सामान्य बिरामीलाई अस्पताल नआउन आग्रह गरेको छ ।
सरकारले अन्तराष्ट्रिय सबै उडान २ हप्ताकोलागि बन्द गर्ने निर्णय गरेको छ । लगभग काठमाडौ एक्लो भइसकको छ । राजधानीबाट बाहिरिनेको संख्या एकदैनिमा एक लाखको हाराहारीमा रहेको छ ।
मुलुकभरका ठुला होटल बन्द भएको घोषणा गरेर कामदारलाई घर फिर्ता गरिदिएको छ भने रेष्टुरेन्ट क्लव सबै भन्द भएको छ । केही सामान्य होटल ब्यवसायमा मात्रै संचालनमा रहेका छन । हरेक मानिसको मुख्य चासो कोरोना भाइरसको मात्रै छ । अधिकांशले भेटघाटलाई बन्द गराएका छन । एक आपासमा सामाजिक संजाल मार्फत कुरा हुन थालेको छ ।