काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अनुशासन समितिको कारबाहीको विषयलाई लिएर आपत्ति प्रकट गरेका छन् । पौडेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै समितिले पार्टीलाई बागी बनेर हराउन भूमिका खेलेका र मन नपरेको नेता भएका कारण आशकाका भरमा उज्रीमा परेका नेतालाई एकै कोटीमा राखेर गर्न लागिएको कारबाहीप्रति आपत्ति जनाएका हुन् । ुस्वयं बागी उम्मेदवार बनेर खुलेआम अन्तर्धात गर्ने व्यक्ति र आफूलाई मन परेन भन्दैमा अन्दाजको भरमा आरोपित कार्यकर्तालाई सँगै जोडेर कारबाहीको नाटक जो मञ्चन गरिएको छ यो चूणित षडयन्त्र हो । यस्तै षड्यन्त्र र अनेक विकृत उपाय अवलम्बन गरी सत्तामा हावी भइरहन चाहने प्रवृत्तिसंग मेरो लडाइँ जारी छु पौडेलले आफ्नो वक्तव्यमा भनेका छन्,नेपालमा पार्टी र लोकतन्त्र यस्तै प्रवृत्तिबाट कमजोर भएको छ । मलाई यो सैह्य हुने छैन ।

देशान्तर साप्ताहिकबाट