काठमाडौं । निर्वाचनमा अन्तर्घात गर्ने पार्टी नेता तथा कार्यकर्तालाई कारबाही गर्न दोस्रो पटक गठित नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति पनि खारेजी हुने अवस्थामा पु गेको छ । सर्वसम्मत निर्णय भएमात्रै मान्य हुने कार्यविधि भएको सो समितिका राजीनामा दिएपछि समिति काम गर्न नसक्ने अवस्थामा पुगेको हो । भीष्म आङ्देम्बेको संयोजकत्त्रमा गठित अनुशासन समितिका सदस्य उमाकान्त चौधरीले समितिको कारवाही सूचीप्रति असन्तुष्टि प्रकट गर्दै राजीनामा दिएको कांग्रेस स्रोतले जानकारी दियो। तर उनले सो राजीनामा पार्टीमा नबुझाएर पूर्वमहामन्त्री कृष्ण सिटौलालाई बुझाएका कारण अन्तिम निर्णय हुन भने बाँकी रहेको जनाइएको छ। चौधरी सिटौलाको कोटाबाट अनुशासन समितिमा परेका हुन् । निर्वाचनमा भएको अन्तर्घातवारे छानविन गरी कारबाही गर्न २०७४ साल असोजमा केन्द्रीय सदस्य रमेश रिजालकोसंयोजकत्वमा पाँच सदस्यीय पहिलेो अनुशासन समिति गठन भएको थियो । छानविन प्रक्रिया अधि नवढ्दै रिजालले राजीनामा दिएपछि गत २०७५ साल चैतमा भीष्मको संयोजकत्वमा अर्को पाँच सदस्यीय समिति गठन भएको थियो। सो समितिको सदस्यमा देवेन्द्रराज कडेल, धनराज गुरुङ, किशोरसिंह राठौर र चौधरीलाई मनोनयन गरिएको थियो। समितिको सर्वसम्मत निर्णयले मात्रै कारबाही हने कार्यविधि भए पनि देउवा पक्षकौ स्पष्ट बहमत रहेको समितिले छानीछानी अर्को पक्षका नेता, कार्यकर्तालाई चौधरीले राजीनामा दिएको स्रोतले बतायो ।
विभिन्न निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन अन्तर्घात परेको भन्दै समितिमा करिब तीन हजार उजुरी परेको थियो । सो उजुरीमध्ये छानबिन गरी समितिले करिब एक हजारसँग स्पष्टीकरण पनि सोध्यो । यसै सन्दर्भमा हालै बसेको समितिको बैठकले कैलालीका पुराना र इमानदार नेता पुष्कर ओझा, वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराउन सम्पूर्ण भूमिका निर्वाह गरेका तनहुँका गोविन्दराज जोशी, नेपालगन्जका महेन्द्र मल्ल र डँडेलधुराका रामबहादुर विष्टलाई दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
देशान्तर साप्ताहिकबाट