काठमाडौं । काठमाडौंमा आम सर्वसाधारणलाई ठगी गर्दै
आएका ट्याक्सी व्यवसायीसँगको मिलेमतोमा यातायात व्यवस्था विभागले सस्तो र सुलभ सेवा प्रदान गर्द आएका पठाओ र टुटल सेवालाई बन्द गराउन पटकपटक हैरानी दिने गरेको छ । यसअघि सेवा सञ्चालनमा रोक लगाउने प्रयास गर्दै आएको विभागले पछिल्लो पटक गरेको फेरि तीन महिनापछि सेवा सञ्चालनमा रोक लगाउने अर्को प्रयास गरेको छ । यसअघि गत मंसिरमा यातायात व्यवस्था विभागले अके प्रयोजनका लागि दर्ता भएका सवारीसांधनको प्रयोग यात्रु ओसारपसार गर्न नपाइने सूचना जारी गरेको थियो । अदालत, स्वयं प्रधानमन्त्री र विभागीय मन्त्रीसमेतले पठाओं र टुटललाई सेवा सञ्चालनमा रोक नलगाउन निर्देशन दिँदादिँदै पनि विभागले यसरी रोक लगाउने प्रयास गरेका टुटाल कारण विभागको कर्मचारीको ट्याक्सी व्यवसायीको चरम ठगीलाई प्रोत्साहन गर्ने गरी मिलेमतो रहेको पुष्टि हुन्छ । यसअघि दुई पटक पठाओ र टुटलको सेवा रोक्ने प्रयास गरेको विभागले मंगलबार फेरि सूचना जारी गरेर ती सेवामा अवरोध
पुन्याउने प्रयास गरेको छ । विभागका महानिर्देशक गोगनवहादुर हमालद्वारा मंगलबार जारी सूचनामा भनिएको छ, ुकुनै एक प्रयोजनका लागि दर्ता भएको सवारीसाधन अर्को प्रयोजनका निम्ति प्रयोग गर्न पाइने छैन । यसअघि पनि विभागको निर्देशनमा ट्राफिक प्रहरीले टुटल र पठाओका ड्राइभरलाई धमाधम पक्राउ गर्न थालेंपछि सर्वसाधारणलाई सहुलियतमा सहज सेवा सञ्चालन गर्दै आएका ती सेवाको पक्षमा र प्रहरीको पक्राउको विरोधमा व्यापक जनदबाब आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विभागीय मन्त्रीलाई ती सेवा सञ्चालनमा नरीक्न निर्देशन दिएका थिए। त्यसपछि पुनः पठाओं र टुटल सेवा सञ्चालन हुँदै आएका छन्। अदालतले पनि कानुन बनाएर सेवा सञ्चालन गर्नु भन्ने आदेश जारी गरेको छ। यसअघि टुटललगायत कम्पनीले दिने सेवा रोक्न माग गर्दै उच्च अदालत पाटनमा परेको रिटमा अदालतले कानून बनाएर सञ्चालन गर्न आदेश दिएको थियो । अखिल नेपाल मजदुर संघ, टचाक्सी विशेष जिल्ला कमिटीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागलगायतलाई विपक्षी बनाएर गत मंसिरमा रिट निवेदन दर्ता गरेको थियो ।
त्यस रिट उपर सुनुवाइ हुँदा उच्च अदालत पाटनले गत माघ २९ गते कानुन बनाएर सेवा सञ्चालन गर्न परमादेश जारी गरेको थियो । रिट निवेदकले माग गरेजस्तो टुटल र पठाओको सेवा बन्द गर्न आदेश गरेको छैन ।
तर विभाग भने कानून बनाउनेतर्फ अग्रसर हुनुको साटो ती सेवालाई रोक्त पटकपटक प्रयास गर्दै आएको छ । ट्याक्सी चालक र व्यवसायीले सर्वसाधारण यात्रुलाई चरम ठगी गर्दै आएका छन् । उनीहरूमध्ये धेरै मिटरमा ट्याक्सी चलाउन मान्दैनन् । मिटरमा चलाउन मान्नेमध्ये पनि धेरैले मिटर बिगारेर ठगी गर्ने गरेका छन् भने अधिकांश ट्याक्सीले मनपरी भाडा असुलेर सर्वसाधारणलाई सास्ती दिने गरेका छन् । त्यतिमात्र होइन सर्वसाधरारणले पुग्ने गन्तव्यमा पनि उनीहरू जान आनाकानी गर्दै वीचैमा यात्र ओरालेर पैसा असुलेर हिँड्ने गरेका छन् ।

देशान्तर साप्ताहिकबाट