गुल्मी, । नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग आबद्ध एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । दलित मुक्तिमोर्चाका गुल्मी संयोजकलाई पक्राउ गगरिएको छ । पक्राउ पर्नेमा मदाने गाउँपालिका– ६ अन्तर्गत पुर्कोटदहका ४६ वर्षीय वसन्त गैरे भनिने सन्ते नेपाली रहेका छन् ।

मदाने गाउँपालिकामा सङ्गठनको कामका सिलसिलामा हिँडिरहेको अवस्थामा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट खटिएको प्रहरी टोलीले नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिनुभयो । जिल्लामा सो समूहको गतिविधि बढ्न सक्ने आशङ्कामा प्रहरीले पछिल्लो समयमा गाउँगाउँमा गस्ती अभियान शुरु गरी समूहका गतिविधिमाथि कडा निगरानी गर्दै आएको छ ।