के तपाईं–हामी पत्याउन सक्छौं फूलको झटारोले मान्छेहरू ठहरे भएको खबर तर, मुलुकको ढुकटीकै जिम्मा लिएर बसेका व्यक्तिवाटै त्यस्तो हतियारको प्रयोग हुँदा हाकिमहरू हरिमुन्टी न भएका छन् । अघिल्लो दिन राजीनामा दिएर भोलिपल्टै फेरि शपथ लिएका अर्थमन्त्री डा. युवराज खतिवडाको प्रसंग हो यो ।
शीतल निवासबाट फाग्न २१, अथात् झापाकै सुखानी सहिद स्मृति दिवसका दिन शपथ लिएर पुनर्वहाली हुन पुग्दा उनलाई जुन फूलको बुकीले स्वागत गरियो, पछि त्यही बुकी झटारोमा परिणत भइदियो ।
सहसचिव, विभाग र संस्थानका प्रमुखसहित निकटस्थ कर्मचारीले फल र खादा चढाए। यो लहरमा अर्थमन्त्रीलाई मन नपरेका व्यक्तिहरूले भने मन्त्रालयका सचिव, सात(आठ सयदेखि हजार, पन्ध संयसम्म पर्ने फूलका डाली टक्य्राउँ टेयुलमा राख्न थाले । त्यसमध्येमा सरकारी वीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइ, क्जा सुरक्षणका प्रमुख विष्णु मिश्रहरू पनि थिए । यी दुबै अर्थमन्त्रीलाई, मन नपरेका पात्र हुन् । यिनीहरूलाई त्यहाँबाट हटाउनं खोजिएको थियो । तर, अनेक जोडबल गरेर टिकिरहे। स्वागत सकेर सञ्चार मन्त्रालयतिर लाग्नुअघि अनौपचारिक रूपमा टिप्पणी गर्दै भने, ुमैले हिजो भरखर कसैले भनेको सुनको, यस्तो फूल दिँदा चिया पिउँदा अर्थमन्त्रीले तलवले धान्छ, न खल्तीकै पैसाले पुग्छ । तलबले यी फूलहरू किनेजस्तो त मलाई लाग्दैन, अफिसको खर्चले किनेको पनि होइन होला । अचेल कर्मचारीहरूले मन्त्रीहरूलाई यसरी नै चढाउँछन् रे अर्थात्, भ्रष्टाचारको पैसाले किनेर ल्याएको र आफूलाई पनि भिडाएको भन्ने उनको आशयको ुभटारो चाहिँ उनै दुईका लागि थियो। कुरा बुझेपछि कोही घोप्टो परेर मुसुमुसु हॉस्दै थिए भने कोहीचाहिँ हाँसो थाम्न नसकेर पिसाबको निहुमा बाहिर निस्कंदै थिए।
मन्त्री यी दुई पात्रसँग रिसाउनुपर्ने कारण पनि रहेछ । चापागाई राष्ट्रबैंकमा हुँदा सँगै काम गरेका । र, कृष्णबहादुर महरा अर्थमन्त्री हँदा वीमा समितिमा नियुक्त भएका, काठमाडौंका पार्टी सचिव तथा नेकपा केन्द्रीय सदस्य हिमाल शर्माका दोस्ती । महराको कार्यकालमै १० वीमा कम्पनीलाई राम्रै दक्षिणामा लाइसेन्स दिएका यिनलाई हटाउन युवराजले भुमीका खेलेका थिए ।

जनआस्था साप्ताहिकबाट