अडियो टेप प्रकरणमा मुछिएर गोकुल बाँस्कोटाले राजीनामा दिएकै भोलिपल्ट विकल पौडेल अमेरिका भास्सिएसँगै एउटा तरंग पैदा भएको छ । संसदीय संमितिको समेत तारो बनेका विकलको बिदा स्वीकृति किन र कसले गन्यो जबकि उनी सुरक्षण मुद्रण विकास समितिअन्तर्गत केन्द्रका कार्यकारी निर्देशक हुन् । र, सेक्यरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणका मुख्य पोलिएका उनी ११ फागुनमा अमेरिका हान्निए १० दिनको बिदा स्वीकृत गराएर। पौडेल अघिल्लो वर्ष असारमा नियुक्त भएका हुनु । यसअघि नेपाल सरकारको प्राविधिकको रूपमा राहदानी विभागमा कार्यरत थिए ।डामिएको बताइन्छ । विकलले लिएको १० दिने बिदा गत २३ गते शुक्रबारै समाप्त भइसकेको छ । बीचमा शनि, आइत, सोम सार्वजनिक बिदा । मंगलबारबाट कार्यालय खुल्यो । अन्योल कारयमै छ उनी फर्कन्छन्। वा फ्कन्नन् । यति ठूलो काण्डमा मुछिएका व्यक्तिलाई बिदा दिने सञ्चार सचिव तथा समितिका अध्यक्ष दीपक सुवेदीसँग लेखा समितिले स्पष्टिकरण सोधिसकेको छ ।
सांसद विरोध खतिवडाले जनआस्थासँग भने, ुयसरी संसदीय समितिको छानबिनको दायरामा रहेको व्यक्ति विदेश सिन्छन भन्ने थाहा पाएको भए छानबिन नटुंगिएसम्मका लागि रोक्न सरकारलाई पत्राचार गर्ने थियौ । यसबारे जनआस्थाले सचिव सुवेदीसँग मंगलवार बिहान जिज्ञाशा राख्दा विकलसंग आफ सम्पर्कमै रहेको सुनाए उहाँ शुक्रबारै आइपुग्नुपर्ने हो, । तर, विश्वलाई नै पिरोलिरहेको कोरोनाबाट अमेरिका पनि अछुत नरहेको र त्यही कारण थप दई दिन उतै रोकिई आज बुधवारवाटै कार्यालय आइपुग्ने जानकारी पाएको छः भद्र स्वभावका सचिवले अनुसार आगामी ३० फांगुनमा अर्को बैठक डाकिएको छ । सो बैठकमा विकल उपस्थित हुन्छन् वा हुन्नन् पर्ख रहेरको अवस्था छ ।

जनआस्था साप्ताहिकबाट