काठमाडौ । नेकपा सचिवालय बैठकले गरेको निर्णय प्रधानमन्त्री केपी ओलीले उल्ट्याइदिएपछि सो पार्टी बिभाजनतर्फ उन्मुख भएको छ ।
राष्ट्रिय सभामा मनोनित गर्ने बिषयलाई लिएर पार्टीभित्र तीव्र असन्तुष्टी बढ्दै गएको छ ।
सचिवालय बैठकले नेता बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा पठाउने निर्णय गरेपनि प्रधानमन्त्री ओलीले अडान दिएका कारण बर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिने अडान दिएपछि सो पार्टीमा गम्भिर संकट उत्पन्न भएको छ ।
सचिवालयमा अल्पमतमा परेका प्रधानमन्त्री ओलीले बैठकमा रौद्र रुप देखाएर बामदेवलाई कटाक्ष गाली गर्र्दै उहांले कुनैपनि हालतमा खतिवडालाई हटाउन नमिल्लने बताएपछि बैठकले गरेको निर्णय नै उल्टाउनु परेको थियो ।