काठमाडौ । पत्रकार कोमल पौडेलको उपचारकालागि नेपाल समाचारपत्रका पत्रकार तथा कर्मचारीले उपलब्ध गराउनु भएको १ लाख ९ हजार ५ सय रुपिया हस्तान्तरण गरिएको छ ।
उक्त रकम नेपाल समाचारपत्रकर्मी दीपक रिजाल रिजालले उहांका छोरा अभिनव पौडेललाई हस्तानतरण गर्नुभयो । रकम हस्तानतरण गर्दै पत्रकार रिजालले उपचारकालागि चाहिने रकम संकलनमा आफु लगायतका पत्रकारको टोली परिचालित भएको जानकारी पौडेल परिवारलाई गराउनु भएको थियो ।