काठमाडौ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको शक्तिशाली निकाय सचिवालयमा मन्त्रिपरिषद विस्तारको एजेन्डाले प्रवेश पाएको छ । २०७६ फाल्गुन १० गते मिलेनियम च्यालेन्ज कपोरेसनलगायत सामयिक विषयमा छलफल गर्न बसेको नेकपाको सचिवालय बैठकमा मन्त्रिपरिषद् विस्तारले प्रवेश पाएको हो । सञ्चार र सहरी विकासजस्ता महत्त्वपूर्ण मन्त्रालयहरूको नेतृत्व कामचलाउ रूपमा भइराखेको हुनाले मन्त्रिपरिषद् विस्तार तत्काल गर्नुपर्ने निष्कर्षमा नेकपा सचिवालय पुगेको छ। गोकुल बाँस्कोटाले राजीनामा दिएको स्थितिमा सञ्चार मन्त्रालय अर्थमन्त्री युवराज खतिवडाले र सहरी विकास मन्त्रालय बसन्त नेम्वाङले कामचलाउ रूपमा सम्हालिराखेका छन् । सरकारको समेत प्रवक्ताको भूमिका निर्वाह गर्नुपर्ने सञ्चारमन्त्रीको जिम्मेवारीसँगै सहरी विकासजस्तो भौतिक पूर्वाधार निर्माणको दृष्टिले महत्त्वपूर्ण मन्त्रालय आर्थिक वर्ष २०७७र७८ को वार्षिक बजेट निर्माणमा व्यस्त हुनुपर्ने अर्थमन्त्री खतिवडाले सम्हालिराखेका छन् भने भौतिक पूर्वाधार तथा यातायातजस्तो भौतिक पूर्वाधार निर्माणको दृष्टिले सबैभन्दा महत्त्वपूर्ण मन्त्रालय सम्हालिराखेका नेम्वाङले सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी पाएका छन्। तर अर्थमन्त्री खतिवडाले सञ्चारमा र भौतिक पूर्वाधारमन्त्री नेम्वाङले सहरी विकास मन्त्रालय आवश्यक पर्ने समय दिन नसक्ने भएकै कारणले गदा नेकपा साचवालय मन्त्रिपरिषद बिस्तार गर्नुपर्ने निष्कर्षमा पुगवेको हो ।

साघु साप्ताहिकबाट