काठमाडौं । काठमाडौं जिल्ला अदालतले सफाइ दिएको भोलिपल्ट २०७६ फागन ६ गते संसद बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कृष्णबहादुर महराको संसद् सदस्यतानिलम्बनबाट फुकुवा भएको जानकारी गराएका थिए। संसदले महराको सासद पद निलम्बनबाट फुकुवा गरे पनि सत्तारूढ नेपाल कम्यनिस्ट पार्टीमा भने उनको प्रवेशको साइत अझै जुरेको छैन । अहिले उनी स्वतन्त्र सांसदको हैसियतमा रहेकाछत। गत २०७४ सालमा आमनिर्वाचन सम्पन्न भएर सभामुख चयनको प्रकिया अगाडि बढेसँगै कृष्णबहादुर महराले तत्कालीन नेकपा माओवादी केन्द्रसँगको राजनीतिक सलग्नता समाप्त
पारेर स्वतन्त्र हैसियतमा सभामुखको जिम्मेवारीमा गएका थिए । तर सभामुख पदबाट बाहिरिएपछिको राजनीतिक स्थितिमा काठमाडौं जिल्ला अदालतले बलात्कार प्रयास प्रकरणबाट सफाइ दिएपछि पनि सत्तारुढ नेकपाले महरालाई पार्टी प्रवेश गराउने प्रक्रिया अझै प्रारम्भ गरेको छैन । नेकपा एमालेसँग विलय हुनु अगाडि तत्कालीन माओवादी केन्द्रमा अध्यक्ष पष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, रामबहादर थापा बादल पछि मर्यादाक्रममा महराको हैसियत चौथो स्थानमा रहेको थियो।
अब नेकपामा प्रवेश गराएपछि पार्टी मर्यादाक्रममा उनको हैसियत के हुन्छ भन्ने स्पष्ट भएको छैन । उनलाई जिम्मेवारी दिने सम्बन्धमा पनि सत्तारूढ नेकपा नेतृत्वले अहिलेसम्म छलफल गरेको छैन । गत २०७६ असोजको दोस्रो साता बलात्कार प्रयासको अभियोग लागेलगत्तै नेकपा नेतृत्वले महरालाई सभामुखसँगै सासद पदबाट समेत राजीनामा गर्न निर्देशन दिएको थियो । तर महराले सभामुखबाट राजीनामा गरे पनि सांसद्बाट भने राजीनामा गरेनन् र पार्टी निर्देशनलाई पूर्णरूपमा स्वीकार गरेनन् । यो स्थितिमा महरालाई अनुशासनको कारबाहीबाट मुक्त राखेर पार्टी प्रवेश गराउने हो भने पहिले नेकपा नेतृत्वले महरालाई सासदबाट राजीनामा गर्न दिएको निर्देशन फिर्ता लिनपर्ने हुन्छ । यसकारणले गर्दा पनि महराका सम्बन्धमा सत्तारूढ़ नेकपाको नेतत्वले अहिलेसम्म कनै निर्णय गरेको छैन र नेकपामा आफ्नो भूमिका र हैसियत के हुने भन्ने स्पष्ट नभएकै कारणले गर्दा महराले पनि नेकपा प्रवेशको प्रक्रिया अगाडि बढाएका छैनन् ।

साघु साप्ताहिकबाट