काठमाडौ । चीनको उहानबाट बिश्वभर फैलदै गएको कोरोना भाइरसले पछिल्लो पटक दक्षिण कोरियालाई आक्रान्त पारेको छ ।
कोरोनाका कारण चीनको अर्थतन्त्र तीव्र गतिमा ओरोलो लागेको छ भने बिश्व बजारलाई नै यसले असर गरेको छ । कोरियामा एकाएक उक्त भाइरसको संक्रमण फैलन थालेपछि कोरिया सरकारले अहिले बिषेश सतर्कता अप्नाएको छ ।
कोरियामा कामदारको रुपमा ठुलो संख्यमा नेपाली रहेकाले दक्षिण कोरियास्थित नेपाली दुतावासले संक्रमण फैलिएका क्षेत्रमा रहेका नेपाली नागरिकलाई सतर्क रहन पनि दुतावासले आग्रह गरेको छ ।
अहिले दक्षिणकोरिया बिभिन्न सहरमा कोरोना भाइरस फैलिएपछि त्यहांको जनजीवन त्रस्त भएको छ ।