बैतडी, । जिप दुर्घटना हुँदा बैतडीमा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा जिप चालक पाटन नगरपालिका ८ का २३ वर्षीय लोकेश मडै र सोही ठाउँका २६ वर्षीय गणेश महरा रहेका छन् ।
आइतवार बिहान २ बजे पाटन नगरपालिका ३ बोहरीगाउँवाट डडेल्धुरा जादैं गरेको से १ ज २१३ नं को जिप धुरामा दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो ।
घाइते दुबैको डडेल्धुरामा उपचार हुन नसक्दा थप उपचारका लागि धनगढी पठाईएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् । जिपमा दुईजना मात्रै सवार रहेका बताईएको छ ।
जिप सडकवाट २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।