काठमाडौ । महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोली ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । काकडभिट्टाबाट काठमाडौ आउदै गरेको ना. ७ ख ५७०२ नम्बरको यात्रुबाहक बसलाई नागढुङगामा चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला झापा शिबसतासी नगरपालिका–११ झिलझिले बस्ने बर्ष २३ की बिना डाँगी र काठमाण्डौ महानगरपालिका–८ चावहिल बस्ने दिपेश डंगोललाई ब्राउन सुगर सहित पक्राउ गरेको छ । बिना डाँगीको साथबाट ४।३ ग्राम र दिपेश डंगोल ०दशमलव५ ग्राम ब्राउन सुगर फेला परेको थियो । निजहरूलाई उक्त परिमाणको ब्राउन सुगर सहित पक्राउ गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।