काठमाडौं। नेपाल प्रहरीमा एआइजीको दरबन्दी रहेको छ तीन । अहिले यी तीनमा बढुवाका लागि प्रतिस्पर्धी छन् सात। रिष्ठताका आधारमा हेर्ने हो भने तारणी लम्साल, शैलेस थापा, हरिबहादुर पाल, निरज शाही, प्रद्युम्न कार्की, सूर्य उपाध्याय र विश्वराज पोखरेल क्रमशः छन् । यीमध्ये पोखरेलबाहेक अरू एकै दिन एसएसपीवाट डिआइजी भएका हुन्। भने पोखरेल उनीहरूभन्दा पछि डिआइजी भएका हुन् । तर यहाँनिरपछि डिआइजी भए पनि एआइजीको डिआईजी हरिबहादुर पाल बढ़ुवाको प्रतिस्पर्धामा सबैभन्दा अगाडि पोखरेल नै रहेको बताइन्छ । प्रहरी नियमावलीमा नेपाल प्रहरीको महानिरीक्षक हुनका लागि सरकारले चाहेमा अतिरिक्त अथवा नायब महानिरीक्षकबाट बनाउन सक्नेछ भन्ने उल्लेख छ । यस अर्थले पनि चाहेमा सरकारले डिआइजीबाट सोझै आइजी त बनाउन सक्छ जुन हिजोका दिन प्रकाश अर्याल, सर्वेन्द्र खनाल र अहिलेकै ठाकुर ज्ञवाली भएबाट पनि पुष्टि हुन्छ भने एआइजीका लागि पछिल्लो नम्बरमा रहेका पोखरेलको मुख्य प्रतिस्पर्धा हुनु अस्वाभाविक पनि होइन तर, रिक्त एआइजीका पद केबल ३ बटामात्रै भएका कारण यतिबेला सरकारलाई प्रहरीको एआइजीको बढ़ुवा निकाल्नु घाँडो नै भएको छ । पहिलो ुनम्बरमा रहेका तारणी लम्साललाई दिने कि नदिने, उनलाई दिनेबित्तिकै जम्मा २ वटा एआइजीका पद खाली रहन्छन् त्यसपछिका प्रहरीभित्रका चर्चित अधिकतका रूपमा चिनिएका शैलेस थापा, हरि पाल र प्रद्युम्न कार्की छंदैछन् । यो चको प्रतिस्पर्धामा निरज शाही र सुर्य उपाध्याय कमजोर मुख्य प्रतिस्पर्धा हुनु अस्वाभाविक पनि होइन तर, रिक्त एआइजीका पद केबल ३ बटामात्रै भएका कारण यतिबेला सरकारलाई प्रहरीको एआइजीको बढ़ुवा निकाल्नु घाँडो नै भएको छ । पहिलो ुनम्बरमा रहेका तारणी लम्साललाई दिने कि नदिने, उनलाई दिनेबित्तिकै जम्मा २ वटा एआइजीका पद खाली रहन्छन् त्यसपछिका प्रहरीभित्रका चर्चित अधिकतका रूपमा चिनिएका
शैलेस थापा, हरि पाल र प्रद्युम्न कार्की छंदैछन् । यो चको प्रतिस्पर्धामा निरज शाही र सर्य उपाध्याय कमजोर खेलाडीका रूपमा देखिन्छन् । विश्व पोखरेल त झनै कडा प्रतिस्पर्धीका रूपमा छन । सरकारले या त एआइजीको दरबन्दी थप गरेर बढुवा दिनुपर्यो या त बढ़वा नै ननिस्कने सम्भावना पनि त्यत्तिकै रहयो । यही चको प्रतिस्पर्धाका कारण एआइजीको बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन । एआइजीको बहुवा हुन नसकेकै कारण त्यसभन्दा तलका पदहरूमा पनि बढुवा प्रक्रिया रोकिएको छ । अहिले पनि २ नम्बर र सुदूरपश्चिमाञ्चल प्रदेशबाहेक अन्य प्रदेशमा निमित्तको भरमा प्रहरी कार्यालय चलेको छ ।
नव जनप्रहार साप्ताहिकबाट