सर्लाही । सशस्त्र प्रहरी बलको सर्लाहीको टावरस्थित बेसक्याम्पका प्रहरी निरीक्षकले व्यापारीदेखि तस्करहरूसँग आफै डिलिङ गरी रकम उठाउने गरेको गुनासो हेलो सरकार सम्म पुगेको छ। सो बेसका निरीक्षक सन्जित सिंहले त्रिभुवननगर नाकाबाट ्र तस्करी गर्ने तस्कर र केही भन्सार तिरेर सामान ल्याउने व्यापारीसम्मबाट आफैले डिलिङ गरी रकम उठाउने गरेको उजुरीमा उल्लेख छ । लत्या हलानको बाटो अर्थात उनको अफिस नजिकैबाट भन्सार छली गरी चोरी तस्करी गराई भित्रिएका सामानहरु आउने गर्दछन् । त्यस्ता चोरी तस्करी गर्ने तस्कर र व्यापारीहरूलाई निजले आफ्नै कायकक्षमा बोलाई रकम लिने गरेको उल्लेख छ । त्रिभुवननगर नाकामा सशस्त्र प्रहरीको छुट्टै बिओपी छ। त्रिभुवननगर बिओपी उक्त नाकाबाट टाढा पर्ने र टावरको बेस नजिक पर्ने र तस्कर एवम् व्यापारीहरूले सोही बाटो प्रयोग गरी सामान ल्याउने गरेका कारण पनि निरीक्षक सिंहले उनीहरुबाट रकम असली गरिरहेको उल्लेख छ । डिआइजी राजु अर्यालले चोरी तस्करी नियन्त्रण गर्ने र रकम असुले प्रहरीहरू प्रति निगरानी एवम् कारवाही गरिरहे पनि टावर बेसका निरीक्षक सिंहले भने तस्करदेखि व्यापारीहरूबाट खल्लमखुला रकम असली गरिरहेको उल्लेख छ।
नव जनप्रहार साप्ताहिकबाट