ललितानिवास प्रकरणसंगै पूर्व प्रधानमन्त्री तथा संघीय समाजवादी दलका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई नेपाल टस्टको जग्गा व्यक्तिका नाममा सार्न गरिएको एउटा निर्णयसम्बद्ध विवादमा तानिनुभएको छ। सरकारले नेपाल ट्रस्टका नामको काठमाडौंको मातातीर्थ, महादेवस्थान, थानकोट, सतुंगल र इचगुनारायणको जग्गा व्यक्ति मोही का नाममा कायम गरेको पाइएपछि थालेको छानबिनमा भट्टराईको संलग्नता पाइएको थियो । यसबारे गत शनिवार प्रम केपी ओलीले संसद्मा सरकारका दुई वर्षका उपलब्धि सार्वजनिक गर्ने क्रममा मातातीर्थस्थित नेपाल ट्रस्टको एक सय ७४ रोपनी जग्गाको छानबिन हुने बताएसंगै भट्टराई चर्चामा आउनुभएको हो।
भट्टराईनेतृत्वको सरकारले विक्रम सम्वत् २०६९ भदौमा नीतिगत निर्णय गरेर काठमाडौंको थानकोट र मातातीर्थमा रहेको करिब एक सय ७० रोपनी सरकारी जग्गा ७८ जनालाई नामसारी गराएको खुलेको छ। नीतिगत निर्णय गर्न पाउने मन्त्रिपरिषदको अधिकार दुरुपयोग गर्दै भट्टराई सरकारले नेपाल ट्रष्टका नाममा गइसकेको स्वर्गीय राजा वीरेन्द्र र राजपरिवारका सदस्यको नाममा रहेको सो जग्गा नामसारी बराएको पाइयो । केही व्यक्तिलाई लाभ पुऱ्याउने नियतका साथ नीतिगत निर्णय लनुपर्ने अवस्था भयोु भन्दै नेपाल टस्ट ऐन, २०६४ को दफा ९४० को उपदफार र विपरीत निर्णय भएको देखिन्छु ओलीले गत शनिवार आफ्नो लिखित सम्बोधनमा बताउनभयो, ुजसरी ललितानिवास प्रकरणमा राज्यको सम्पत्तिमा भएको अवाञ्छित। दोहनको छानबिन गरी कारबाही अघि बढाइएको छ, ।

बिमर्श साप्ताहिकबाट