काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्व केन्द्रित कार्ययोजना सहितको ट्राफिक व्यवस्थापन मिलाएको छ ।
महाशाखाले पशुपतिनाथ मन्दिरमा आउने भक्तजन एव दर्शनार्थीहरुको सवारी आवागमनलाईसरल, सहज तथा व्यबस्थित बनाउनका लागीयोजनाबद्ध ट्राफिक व्यवस्थापन गरेकोछ ।
महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालका अनुसार, “एयरपोर्ट हुदै पशुपति मन्दिर आउने विदेशी पर्यटक, २ पाङ्ग्रे र साना सवारी साधनको लागी तिलगंगा र वाइसिएल मार्ग,नक्साल कालोपुल हुदै आउनेलाई सिफल चौर र अमलकोट, पशुपति बिकास कोष र संस्थानका सवारीसाधनकालाई देवउद्यानस्थित कोषको कार्यालय, पासबाहक, सुरक्षा निकाय तथा सरकारी सवारी साधनलाई महानगरीय प्रहरी वृत्त, गौशालार बाग्मती कोरिडोर, जोरपाटीबाट चावहिल हुँदै आउने सवारीसाधनलाई गुहेश्वरी पारी पार्किङको व्यवस्था मिलाईएको छ ।
महाशाखा प्रमुखले शिवरात्री पर्वको अबधीभरि भक्तजनहरुलाई सरल एव सहज रुपमा आवागमनको व्यबस्था मिलाउनको लागी ५०० भन्दा बढि ट्राफिक प्रहरी परिचालन गरिएकोर आबश्यकता अनुसार डाईभर्सन, पशुपति क्षेत्र भित्र सवारी निषेधि समेत गरिने जानकारी दिनुभयो ।
महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवनकुमार श्रेष्ठले “दर्शानार्थीको अत्याधिक चाप हुन गई गौशाला चोक हुदै चल्ने यातायात सेवा प्रभावित हुने देखिएमा यात्रुको सुबिधालाई मध्येनजर गर्दैगौशाला क्षेत्र भइ चल्ने सवारी साधनलाई केहि समयको लागी बैकल्पिक सडकको प्रयोग गर्न डाइभर्सन गरि आवागमनको व्यबस्था मिलाइनेछ ।त्यसैगरितिलगंगा, गौशाला, मित्रपार्क र चाबहिल भई चल्ने मालबाहक सवारी साधनहरुलाईभने तिनकुने, सिनामंगल, जोरपाटी नारायणटार, चुच्चेपाटी, सुकेधारा, नयाँबानेश्वरलगायतका स्थानहरुबाट गौशाला क्षेत्र प्रबेशमा रोक लगाई बैकल्पिक सडक प्रयोगको व्यबस्था मिलाइने बताउनुभयो ।“
उँहाले एयरपोर्ट जाने, पर्यटक तथा गौशाला क्षेत्र भई चल्ने सवारी साधनहरुको आवागमनमा केहि प्रभाबित हुन सक्ने हुनाले गन्तब्यका लागी समयमै निस्कने, बैकल्पीक सडकको प्रयोग गर्ने र सडकको ताजा अबस्थाको बारेमा थाहा पाउन मेट्रो ट्राफिक एफ.एम ९५दशमल५ि मेगाहर्ज सुन्न समेत सबैमा अनुरोध गर्नुभयो ।