काठमाडौ । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्द्वन गर्ने उद्देश्यका साथ नेपाली सेनाको सैनिक ब्याण्ड, बेलायती सेनाको द ब्याण्ड अफ द ब्रिगेड अफ गुर्खाज्, सशस्त्र प्रहरी बल नेपाल ब्याण्ड, नेपाल प्रहरी ब्याण्ड तथा काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लाका स्थानीय संस्कृति झल्कने संयुक्त सांगीतिक ब्याण्ड प्रदर्शन(द्दण्ठट को आयोजना गर्ने कार्यक्रम रहेको छ ।
नेपाली सेनाको संयोजकत्व तथा काठमाडौं र ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकासँगको समन्वयमा उक्त निःशुल्क सांगीतिक कार्यक्रमको फागुन ९, २३र २४ गते बसन्तपुर दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर र पाटन दरबार स्क्वायरमा साँझको ५ बजेदेखि कार्यक्रमको आयोजना गर्न लागिएको हो ।