संखुवासभा । चैनपुर नगरपालिका–१ गुफापोखरीस्थित दोभानेबाट सकेट बम १ थान, रेडबुल बम १ थान र बिभिन्न कागजातहरु सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा चैनपुर नगरपालिका–४ बस्ने सन्तोष तामाङ, अजय शेर्पा, सभापोखरी गाउँपालिका–३ बस्ने एलिना राई, भोजपुर षडानन्द नगरपालिका–१० बस्ने प्रभा तामाङ र ताप्लेजुङ तातोपानी गाउँपालिका–१ बस्ने निमनेम्बा शेर्पा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरी तलासी गर्दा उक्त बिष्फोटक पदार्थहरु र बिभिन्न कागजातहरु फेला पारेको हो ।