संखुवासभा । चैनपुर नगरपालिका–३ पोखरीस्थित एनसेलको इन्भर्टरमा गत माघ १२ गते राति कुकर बम पड्काई आगजनी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा चैनपुर नगरपालिका–४ बस्ने अजित राई र सोही ठाउँ बस्ने समिन राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा घटनामा संलग्नमध्ये उनीहरुलाई चैनपुर नगरपालिका(६ स्थितबाट फेला पारी पक्राउ गरेको हो ।