काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग २०७६ को उपाधि मछिन्द्र क्लबले जितेको छ । दशरथ रंगशालामा भएको खेलमा मछिन्द्र पहिलो पटक लिग च्याम्पियन बनेको हो । मछिन्द्रले लिगको अन्तिम खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गरेको थियो।

च्याम्पियन मछिन्द्रले ५० लाख नगद पनि पक्का गरेको छ ।

गत वर्ष अन्तिम दुई स्थानमा रहेर पनि रेलिगेसनमा नपरेको मछिन्द्रले यस सिजन एक अंक गुमाएपनि आर्मीलाई २ अंकले पछि पार्दै लिग जित्न सफल भएको हो ।