काठमाडौं । सहिद स्मार ए डिभिजन लिगमा एपीएफले ब्रिगेड ब्वाईज क्लबसँग बराबरी खेल्दै यो संस्करणको ए डिभिजन लिगको अन्त्य गरेको छ ।

बिहीबार एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले ब्रिगेडसँग १–१ गोलको बराबरी खेलेको हो । खेलको ४४ औँ मिनेटमा आशिस लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलले पछि परेको ब्रिगेडले दोस्रो हाफमा बराबरी गोल फर्काएको हो ।