काठमाडौं । मेडिकल माफिया दुर्गा प्रसाई अदालत हाजिर भएर सामान्य धौटीमा छुटेका छन । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड घुस मागेको भन्दै सार्वजनिक अभिब्यक्ति दिएपछि बिवादमा आएका प्रसाईलाई कारवाहीको माग गर्दैै गिरीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी दर्ता गराएका थिए ।
उजुरी दर्तापछि भूमिगत भएका प्रसाई सुटुक्क जिल्ला प्रशासन कार्यालयमा आज हाजिर भएका थिए ।
प्रशासनमा हाजिर भएका प्रसाईलाई प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले साधारण तारेखमा छाड्न आदेश दिएकी थिईन ।