काठमाडौं । राज्य बिरुद्धको भयानक योजना बनाउदै गरेको अभियोगमा नेत्रविक्रम चन्द ‘विप्लव’का विद्यार्थी संगठन अखिलका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले ढकाललाई असनबाट पक्राउ गरेको हो । ढकाल यसअघि पनि पक्राउ परेर अदालतको आदेशमा रिहा भएका थिए ।

महाशाखाका एसएसपी सहकुल थापाले ढकालसँगै अन्य तीनजना पनि पक्राउ परेको जानकारी दिनुभयो । आज जनयुद्ध दिवसको अवसरमा उनीहरुले प्रहरी प्रशासनको आंख छलेर राजधानीमा खुल्ला कार्यक्रम गर्ने तयारीमा रहेको बेला प्रहरीले ढकाल सहित ४ केन्द्रिय नेतालाई पक्राउ गरेको हो ।