काठमाडौ। आफ्नै कार्यालयकी कर्मचारीलाई बलात्कार गरेको अभियोगमा एक सहकारी संचालक पक्राउ परेका छन ।
दिल्डीबजारमा केन्द्रिय कार्यालय रहेको दुरदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रमोद अधिकारी बलात्कार काण्डमा पक्राउ परेका छन ।
केही दिन अघि कार्यलयबाटै पक्राउ परेका अधिकारीले ती महिला कर्मचारीलाई बलात्कार गरेपछि पटक पटक ब्याकमेलिङ गर्दै रकम समेत लिएको पीडित महिलाले प्रहरीमा जानकारी गराएको महानगरीय प्रहरी परिसर काठमाडौले जानकारी दिएको छ ।

पीडित युवतीले प्रहरीमा दिएको उजुरीमा अध्यक्ष अधिकारीले पटक पटक गरेको सेक्सको रेकर्ड सीसीटिभी मार्फत गराएर रकम मागेको उल्लेख गरिएको छ ।