बेइजिङ । चीनको उहान बाट फैलिएको प्राणघातक रोग कोरोना भाइसरबाट चीनमा मर्नेको संख्या १ हजार ३ सय ६३ पुगेको छ ।
रोग नियन्त्रणकालागि चीनले गरेको प्रयास पछिल्लो समय निरर्थक हुदै गएको छ । उक्त भाइरसको संक्रमणबाट ५९ हजार ७ सय ४९ जना प्रभावित भएर अस्पताल भर्ना भएका छन भने ५ हजार ८ सय ६४ जना उपचारपछि घर फर्किएका छन ।
अझै थप १६ हजार ६७ जनामा उक्त भाइरसको संक्रमण देखिएको हो कि भन्दै चीनको स्वास्थ्य मन्त्रालयले उनीहरुलाई क्वारेन्टाइनमा राखेको छ ।
बिश्वका नेताहरुले चीनलाई उक्त भाइसर बिरुद्ध लड्न आफुहरुले सहयोग गर्ने बताइरहेका छन ।