धादिङ । नायिका महिमा सिलवाल र उनको बहिनीको दुर्घटनामा परेर निधन  धएको छ ।

नायिका महिमा सिलवाल र उनकी बहिनी शर्मिलाको बसको ठक्करबाट मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिकाको चाम्बासमा बुधबार साँझ महिमा र बिहीनी शर्मिला चढेको स्कुटरलाई काठमाडौबाट नारायणगढ जादै गरेको यात्रु बहाक बसले ठक्कर दिएको थियो ।
महिमाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरी र बहिनीको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौमा मा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।