काठमाडौं । सत्तासीन नेकपाले आज फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरेसंग नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले भनेजनयुद्ध दिवस साताभर मनाउने र देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ। २५औं जनयुद्धको अवसरमा नेकपाले आज फागुन १ गते देशव्यापी जनप्रदर्शन गर्ने भएको छ ।
क्रममा काठमाडौंलगायतका देशका विभिन्न स्थानमा जन सभा आयोजना गर्ने नेकपाले जनाएको छ । जनसभामा वक्ताहरूले जनयुद्धका सन्दर्भमा समसामयिक विषयमा धारणा राख्ने जनाइएको छ । नेकपाले फागुन २,३ र ४ गते विभिन्न रचनात्मक कार्यक्रमहरू गर्ने र फागन ५ गते भने देशव्यापी
रूपमा साहित्यिक कार्यक्रमहरू आयोजना गरिने जनाएको छ । जनयुद्ध दिवसको कार्यक्रमअन्तर्गत नेकपाले फागुन १० गते भारतले कब्जा गरेको भूमि फिर्ता गर्न र एमसीसी सम्झौता खारेज गर्न माग गर्दै देशव्यापी जनप्रदर्शन गर्ने जनाएको छ।
विप्लव नेकपाले तत्कालीन १० बर्षे जनयुद्धको मुख्य लक्ष्य सामन्तवाद र साम्राज्यवाद अन्त्य गर्ने भए पनि यसका नेतत्वकर्ता लक्ष्यबाट विमुख भएको आरोप लगाउँदै आएको छ । जनयुद्धबाट नेपालको राजनीतिमा स्थापित भएकाहरूमध्ये धेरैले जनयद्धको विचार, राजनीति र भावना प्रतिकूल काम गरिरहेको उक्त पार्टीको आरोप छ । प्रचण्ड र बाबुरामलगायत
जनयद्धका कैयौं नेताहरूले दलाल पंजीवादको प्रतिनिधित्व गर्न थालेको विप्लव नेकपाको आरोप छ।
विप्लव नेकपाले एकीकृत जनक्रान्तिुको कार्यदिशासमेत अख्तियार गरेको छ । नेपालमा दलाल पुँजीवाद नै सत्तारूढ भएका कारण क्रान्तिको चरण पनि मूलतः समाजवादी हुने विप्लव नेकपाको दावी छ । त्यसैले एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत वैज्ञानिक समाजवादी क्रान्ति गर्ने नीति उसले लिएको छ । विप्लव नेकपाले जनयुद्ध दिवसका सन्दर्भमा पार्टीपक्ति र जनताका बीचमा पार्टीको वैचारिक राजनीतिक र नीतिका सन्दर्भमा अभियानात्मक बहस चलाउने समेत जानकारी गराएको छ।

जनधारणा साप्ताहिकबाट