नयाँदिल्ली । भारतको राजधानीदिल्लीमा सामुहिकबलात्कारपछि हत्या गरिएकी निर्भयाकी आमाले उक्त काण्डमा सजायँ पाएका चारैजना दोषी विरुद्ध तत्काल नया डेथ वारेन्ट जारी गर्न माग गर्दै बुधबार अदालतमै रोएकी छन् ।
निर्भयाकी आमाले न्यायािशीशलाई आफु सातबर्षदेखि न्यायकालागि कुरेको बताइन् । उनले भनिन्– म हात जोडेर मागिरहेकी छु कि दोषीहरु विरद्ध डेथ वारेन्ट जारी गरुन् ।
त्यसपछि उनी अदालत बाहिर सन्चार माध्यमसँग कुरा गर्ने क्रममा रोएकी थिइन् । निर्भयाका दोषीहरुमाथि नयाँ डेथ वारेन्ट जारी गर्ने विषयमा मृतकका मातापिता र दिल्ली सरकारको याचिकामा अदालतमा सुनवाई शुरु भएको छ । अदालतमा दुबै पक्षको बयान सुने पछि सुनवाई आजकाका लागि सारेको छ ।
अदालतमा उपस्थित निर्भयाकी आमा सुनवाईकाक्रममा अत्यन्तै भावुक देखिएकी थिइन् । उनले न्यायाधीशलाई भने– म एक बर्षदेखि प्रयास गरिरहेकी छु कि दोषीहरुलाई फाँसीमा चढाउने तिथि तय गरुन् । म पनि एक आमा हुँ । न्यायकालागि सात बर्षदेखि कुरिरहेकी छु । मतपाईंहरु सँग हात जोड्छु ।
न्यायाधीश उनलाई आश्वासनदिँदै भने, तपाईंलाई सुन्नलाई नै अदालत डाकेको हो । तपाईंलाई सुनिरहेका छौ ।
सुनवाईका क्रममा निर्भयाका पिताले न्यायाधीशलाई यदि दोषीहरुलाई वकिल उपलब्ध गराउने हो भने निर्भयामाथिअन्याय हुने बताए । यस सम्बन्धमा कानुनले दोषिहरुलाई केही अधिकार दिइराखेको न्यायधीशले प्रष्ट पारे । उनीहरुलाई अधिकार नदिने हो भने उनीहरुमाथि फेरी अन्याय हुने उनले बताए । यस अघि यस हत्याकान्डमा मंगलबार भएको सुनवाईमा पनि निर्भयाका मातापिताले अदालतमा दोषी ठहर्याइएका ब्यक्तीले कानुनको खिल्ली उडाइरहेको बताएका थिए ।
तिहाड जेलका अधिकारीहरुले मंगलबार अदालतमा एक प्रतिवेदन बुझाएका थिए । उनीहरुले दिल्ली उच्च अदालतले दिएको समयसिमा विगत७ दिनमा कुनै पनि दोषीले कुनै प्रकारको कानुनी विकल्प चयन नगरेको बताएका थिए । ती चार दोषी ३२ बर्षिय मुकेश कुमार सिंह, य पवनगुप्ता, २६ बर्षिय विनयकुमार शर्मा र ३१ बर्षिय अक्षयकुमार हुन् ।
अदालतले उच्च अदालतको ५ फेब्रुअरीको आदेशलाई मान्यता दिएकोछ । अदालतले कानुनले कसैलाई जीउने अधिकार दिएको छ भने यसतो अवस्थामा दोषीलाई फाँसीदिनु पाप हुने बताए । उच्च अदालतले दोषीहरुलाइ न्यायको हितमा उक्त आदेशको एक हप्ताभित्र आफनो कानुनी विकल्प प्रयोग गर्न अनुमति दिएको थियो । यस अघितल्लो अदालतले जनवरी ३१ मा उक्त मुद्दामा चारै जना दोषीलाई दिइने फाँसीलाई अर्को आदेश नआएसम्मकालागि रोक लगाएको थियो । ती चारैजना हाल तिहाड जेलमा राखिएको छ ।