काठमाडौं । गुन्डा नाइके मिलन लामालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत महाराजगन्जको प्रहरी टोलीले बुधबार लामालाई चक्रपथबाट पक्राउ गरेको हो । काठमाडौं टोखा, सामाखुसी र नुवाकोट जिल्लालाई आधार बनाई गुन्डागर्दी गर्ने लामा नुवाकोट शिबपुरि गाउँपालिका ३ का स्थायी बासिन्दा हुन् ।

लामा पहिलेनै हातहतियार खरखजाना मुद्दामा २०६७ सालमा प्रहरी बृत बालाजु र २०७० सालमा ज्यान मार्ने उद्योग अन्तरगत प्रहरी बृत महाराजगन्जले मुद्दा चलाई सजाय पाइससकेका अभियुक्त हुन् ।