बेइजिङ । बेइजिङस्थित नेपाली दूतावासले चीनको हुबेमा रहेका नेपालीहलाई स्वदेश फर्काउनका लागि शनिवार जहाजको उडान अनुमति मागेको जानकारी त्यहाँ रहेका नेपालीहरूलाई जानकारी गराएको छ ।

दूतावासले त्यहां रहेका नेपालीलाई उद्धारका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

चिनियाँ नागरिक उड्डययन निकायबाट उडान अनुमति आउने बित्तिकै कोरोनाभाइरसबाट प्रभावित हुबेमा रहेका झन्डै दुई सय नेपालीलाई उद्धारका लागि अन्य व्यवस्थापन गरिने दूतावासले जनाएको छ।

दूतावासका उपनियोग प्रमुख सुशील लम्सालले हुबेमा रहेका नेपालीहरूलाई वीच्याटमार्फत् सन्देश पठाउँदै त्यस्तो जानकारी गराएका हुन्।
लम्सालले त्यहाँस्थित नेपालीहरूलाई पठाएको सन्देशमा उडानको अनुमति पाउने बित्तिकै ूहुबेका विभिन्न स्थानमा रहेका नेपालीलाई वुहानमा भेला गर्नका लागि सवारीसाधन लगायतको व्यवस्थापन गरिने र त्यसका लागि समय पनि तोकिनेू उल्लेख छ।