काठमाडौँ । कीर्तिपुर क्रिकेट मैदानमा भएको आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले अमेरिकाविरुद्ध शानदार जित हासिल गरेको छ । नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो ।

टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकालाई नेपाली बलरले घातक बलिङ गर्दै १२ ओभरमै अलआउट गर्दा अमेरिकाले ३५ रनमात्र बनाउन सकेको थियो । यो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कम स्कोर हो । यसअघि जिम्बाब्वे पनि श्रीलङ्का विरुद्ध सन् २००४ मा १८ ओभरमा ३५ रनमा नै समेटिएको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले ६ विकेट लिएका थिए भने सुशान भारीले ४ विकेट लिए ।