काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवालीलाई गृह सचिव महेश्वर न्यौपालेले दर्ज्यानी चिह्न प्रदान गर्नु भएको छ ।

गृह मन्त्रालयमा मंगलबार बिहान आयोजित औपचारिक समारोहबीच न्यौपानेले आईजीपी ज्ञवालीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । नवनियुक्त आईजीपीलाई गृह सचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ । उहांले अहिले केही बेरमा आफ्नो कार्यभार सम्हाल्दै हुनुहुन्छ ।