काठमाडौ । काठमाडौमा जारी आईसीसी लिग २मा सन्दीप लामिछाने र सुशन भारीले घातक बलिङ गरेपछि अमेरिका मात्र १२ ओभरमा ३५ रन जोड्दै अलआउट भएको छ ।
आज बिहान कीर्तिपुर खेल मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई लज्जाजनक हार ब्योहोर्न बाध्य बनाएको हो । उक्त खेलमा नेपालको तर्फबाट सन्दिप लामिछानेले ६ विकेट लिएका थिए भने सुसन भारीले ४ विकेट लिएका थिए ।