नेपालको केन्द्रीय सरकारमा नयाँ सहयात्रीको आगमनपूर्व भारतले नेपालमाथिको हेराईलाई गहिरो पारेको छ। अहिलेका विदेशमन्त्री एस. जयशंकर सुष्मा स्वराज विदेशमन्त्री हुँदा सचिवको हैसियतले सीधै नेपाल मामिला तय गर्थे । संविधान निर्माणसहितका विभिन्न सन्दर्भमा काठमाडौं आइजाई पनि गरेकै हुन् । सँगसँगै काठमाडौंस्थित दूतावासमा काम गरिसकेका शशी तोमर नेपाल–भूटान मामिला हेर्ने इञ्चार्ज बन्दैछन् ।(ुरअ) को सेकेण्डम्यानको रुपमा काठमाडौं बसिसकेका सुव्रत दास भूटानबाट दिल्ली फकिएर विदेश मन्त्रालयमा लियाजोन अफिसरका रुपमा काम गरिहरहेका छन् । यिनीहरूले नेपाल मामिला मिहिन पाराले हेरिरहेका हुन्छन् । काठमाडौंस्थित दूतावासमा प्रवक्ता भएर बसिसकेका पियुष श्रीवास्तव अहिले नेपाल मामिलाका जिम्मेवार सहसचिव छन् । सन् २०१४ कोसार्क सम्मेलनताका यतै थिए । त्यहाँ रहेका सुधाकर शिकागोको लागि कन्सुलर जनरल भएर अमेरिका जाने भएपछि पियुष त्यहाँ लगिएका हुन् । त्यसमाथि प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल स्पष्टतः नेपालबारे जानकार हुने नै भए। उनीसँग गत साता हाम्रा राजदूत नीलाम्बर आचार्यले एक वर्षसम्म समय माग्दामाग्दा अन्त्यमा भेट्न पाएका छन् । बुझिएअनुसार, दिल्लीले प्रदेश २ को बारेमा एउटा सुझाव दिएको छ । अहिले सरकार नफेर, राजपाकै मुख्यमन्त्री बनायो भने उपेन्द्र बिच्किएर हिरो बन्छन् ।ु यसो भनेर दिल्लीले उपेन्द्रलाई माया गरेको त होइन । तर, नेकपाको साथ लिंदा राजपाको मैदान कमजोर हुन्छ भन्ने वास्तविकताचाहिँ बुझेको हुनुपर्छ । किनभने, यसचोटि मुख्यमन्त्री राजपाले लिनु भनेको अर्कोचोटि नेकपाले भाग खोज्नु हो । त्यही रणनीतिअनुसार नेकपा अहिले सहकार्य गरेर दोस्रो पोजिसनमा बसे पनि केही समयपछि फेरि केही कुरा नमिल्दा मुख्यमन्त्री लिन्छ–लिन्छ ।

जनआस्था साप्ताहिकबाट