मन्त्रीले मात्रै गर्न खोजेर के गर्नु, दायाँबायाँ खराब मान्छे परेपछि मन्त्रीकै छविमाथि प्रश्न उठ्ला भन्ने पिर। अहिले पर्यटन मन्त्रालयमा यस्तै भइरहेको छ। योगेश भट्टराईले रवीन्द्रकै पालादेखिका निजी सचिव दीपक थापालाई आफ्नो सचिवालयमा निरन्तरता त दिए । तर, दिनदिनै फरक–फरक ठाउँबाट विवादास्पद हर्कतहरू सुन्नु परेपछि मन्त्री हैरान छन्। नागरिक उड्डयन प्राधिकरणअन्तर्गत भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय विमानस्थल, बारा अन्तर्राष्ट्रिय
विमानस्थलको ठेक्कामा मन्त्रीको नाम लिँदै हस्तक्षेप हुने गरेको सूचना पुग्यो । मन्त्रीचाहिँ आयोजनाहरू छिटो सकियोस् भनिरहने ।
पिएको कुरा सुनेपछि नपत्याएर सम्बन्धित हाकिमहरू आजकल सोझै मन्त्रीसँग कुरा गर्न थालेका छन् । पिएको चलखेलबारे योगेश त्यतिबेला झस्किए, जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै उनले आँखा लगाए। त्यहाँको ट्याक्सी वेसहित धावनमार्ग विस्तारको काममा आयोजना प्रमुख प्रदीप अधिकारीसँग ुकि काम रोक्नुस्, कि भाग दिनुस्ु भन्दै मोलाहिजा गरेको प्रमाण नै योगेशकहाँ पुग्यो । उनी विदेश गएको बेला प्रधानमन्त्रीको नाम लिंदै आफूले भनेको फर्मलाई ठेक्का दिलाउन त सफल भए, तर मन्त्रीले विदेशबाट फर्किएलगत्तैदेखि त्यहाँबाट निकाल्न गरेको प्रयास अहिलेसम्म सफल भएको छैन । त्यहाँबाट निकाल्नुअघि आफूलाई कतै कार्यकारी पदमा नियुक्ति दिनुपर्ने, अन्यथा आफू कतै नजाने भन्दै मन्त्रालयमै बसिरहेका छन् । दैलेख घर भएका उनी रवीन्द्र अधिकारीको कार्यकालमा क्यासिनो सञ्चालकसँगको बाक्लो उठबसका कारण निक्कै
बद्नाम थिए । त्यस्तो काम अझै नछाडेको त्यहाँका कर्मचारीहरू बताउँछन्।

जनआस्था साप्ताहिकबाट